आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली ७ मा सुनौला हजार दिनका आमाहरुलाई पोषणयुक्त खाद्य सामग्री वितरण

    प्रकाशित २०८० फागुन ११, शुक्रबार (५ महिना अघि)


देवचुली।देवचुली नगरपालिका वडा नम्बर ७ मा सुनौला हजार दिनका आमाहरुलाई पोषणयुक्त खाद्य सामग्री वितरण गरिएको छ । देवचुली नगरपालिका ७ को विनियोजित बजेटबाट बिहीबार वडा कार्यालयमा सुनौला हजार दिनका आमाहरुलाई प्रतिव्यक्ति आधा किलो घ्यु, एक किलो चना, एक किलो नुन र एक क्रेट अण्डा वितरण गरिएको हो ।


बच्चाहरुको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि पोषणको आवश्यकता हुने भएकाले सो कुराको सचेतता गराउँदै सुनौला हजार दिनका आमाहरुलाई पोषणयुक्त खाद्य सामग्री वितरण कार्यक्रम गरेको देवचुली- ७ का वडा अध्यक्ष भुमिसरा थापाले बताउनुभयो ।केहि दिन अघिबाट वडामा रहेका एक हजार दिनका आमाहरुको नाम संकलन गर्न अनुरोध गरिएको र ८० जना सुनौला हजार दिनका आमाहरुलाई पोषणयुक्त खाद्य सामग्री वितरण गरिएको हो । अभियानका क्रममा कोही छुटेको भए वडाले सबैलाई समानरुपले पोषणयुक्त खाघ सामग्री वितरण गर्ने अध्यक्ष थापाले बताउनुभयो ।

देवचुली ७ का वडा अध्यक्ष भूमिसरा थापाको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै सुनौलो हजार दिनका आमाहरुलाई बालबालिकाका लागि पोषणयुक्त खानेकुराको बारेमा जानकारी गराउनका लागि वडाले सन्देशमुलक कार्यक्रम गरेको बताउनुभयो । सुनौला हजार दिनका आमाहरुले कस्ता पोषणयुक्त खाना खाने र के गर्दा राम्रो हुन्छ भन्ने कुरा जान्न आवश्यक रहेको उहाँले बताउनुभयो । कार्यक्रममा देवचुली स्वास्थ्य चौकीका प्रमुख लिलाप्रसाद काफ्लेले सुनौलो हजार दिनका आमाहरुले खानुपर्ने पोषणयुक्त खाना, स्वास्थ्य परीक्षण लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष नुनप्रसाद बाचे, प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल, देवचुली स्वास्थ्य चौकीका प्रमुख लिलाप्रसाद काफ्ले, देवचुली नगर युवा तथा खेलकुद विकास समितिका पुर्व अध्यक्ष भीमलाल तिवारी, सामाजिक व्यक्तित्व डिलाराम पाण्डे, वडा सदस्यहरु, वडामा रहेका टोल विकास संस्थाका पदाधिकारी , महिला स्वास्थ्य स्वयंसेविका,आमा समुहको प्रतिनिधिलगायत सुनौला हजार दिनका आमाहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सहजीकरण देवचुली ७ का वडा सदस्य ओमप्रकाश तिवारीले गर्नुभएको थियो ।

Write your Comment