आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा सहकारी व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

    प्रकाशित २०८० फागुन १०, बिहिबार (५ महिना अघि)


डि आर क्षेत्री । देवचुली नगरपालिका वडा नम्बर १ मा सहकारी व्यवस्थापन तालिम सम्पन्न भएको छ । फाल्गुन ७ गते देखि सुरु भएको तीन दिवसीय तालिममा सहकारी सञ्चालक समितिका पदाधिकारीहरुकाे उपस्थिति रहेको थियाे । तालिममा कावासाेती नगरपालिकाका २ वटा र देवचुली नगरपालिकाका २ वटा गरि ४ वटा सहकारिकाे सहभागिता रहेकाे थियाे ।

कारितास नेपालकाे आयाेजनामा भएको तालिममा देवचुली नगरपालिकाका आर्थिक विकाश शाखा प्रमुख शिवराज सापकाेटाले सहकारीकाे ईतिहास, नेपालमा सहकारीको अवस्था र सञ्चालन प्रकृया , पालिका र सहकारी संस्था बिचकाे अन्तरसम्बन्ध साथै सञ्चालककाे बैठक तथा निर्णय प्रकृयाका बारेमा प्रशिक्षण दिनुभएकाे थियाे । त्यस्तै कारितास नेपालका परियाेजना प्रमुख कृष्ण कुमार तामाङले सहकारीकाे सिद्धान्त अनुसार सञ्चालन भए / नभएको , सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिकाे काम कर्तव्य र अधिकारका बारेमा प्रशिक्षित गराउनु भएको थियाे । उहाँका अनुसार सहकारी सञ्चालन प्रकृयामा शेयर सदस्यकाे चाहना अनुसार सञ्चालक समितिले सहकारी सञ्चालन गर्नुपर्ने बताउनुभएकाे थियाे ।

दिव्य ज्याेति कृषि सहकारी देवचुली , दिव्यपुरी युवा उद्यमी सहकारी देवचुली , समता सहकारी कावासोती र सिष्टाचार सहकारी संस्था कावासोती गरि ४ वटा सहकारीकाे तालिममा सहभागिता रहेकाे थियाे । सहभागीहरुले तालिम पश्चात् आ-आफ्नाे सहकारीमा भएका हालसम्मको प्रयास तथा सहकारीको निति अनुसार अब आगामी दिनमा गर्नुपर्ने कार्यकाे बारेमा बोलेका थिए । समापनमा कार्यक्रममा दिव्य ज्याेति कृषि सहकारीका संस्थापक अध्यक्ष बाबुराम माझीले आफू सहकारी अभियानमा लागिरहदा यस तालिमले थप उर्जा मिलेकाे र सहभागीहरुले पनि सहकारी सञ्चालन गर्दा नितिगत कुराहरुमा ध्यान दिदै शेयर सदस्यकाे चाहाना अनुसारको कार्य गर्न सकेमा शेयर सदस्यकाे मन जित्न सकिने र सहकारी समृद्धिकाे पथमा जाने कुराकाे उल्लेख गर्नुभयाे । कार्यक्रम शिसवार बोटे माझी सामुदायिक हाेमस्टेमा सञ्चालन भएको थियाे भने सहजिकरण कारितास नेपालका काैसिला सापकाेटाले गर्नुभएको थियाे ।

Write your Comment