आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता : अठ्ठाइस बिगाहा कावासोती फाइनलमा

    प्रकाशित २०८० फागुन ८, मंगलबार (२ महिना अघि)


नवलपुर । अठ्ठाइस बिगाह कावासोती राइनो कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मध्यबिन्दु नगरपालिका २ कोल्हुवा स्थित राइनो रंगशालामा जारी प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा सेन्टर कलेज फोर ब्रदर्स भूमहीलाई १-० ले पराजित गर्दै अठ्ठाइस बिगाहा कावासोतीले प्रतियोगिताको फाइनल तय गरेको हो ।

अठ्ठाइस बिगाहको जितमा समीर तामाङले एक मात्र गोल ८५औँ मिनेटमा गरेका थिए । प्रतिस्पर्धामा दुवै टोलीबाट गोलका लागि धेरै प्रयास भएता पनि गोल हुन सकेको थिएन । फोर ब्रदर्स भूमहीले मध्यान्तर पछि खेलमा सुधार गरेको थियो । यद्यपि बराबरी गोल फर्काउन सकेन् । खेलमा अठ्ठाइस बिगाहा कावासोतीका खेलाडी अन्जल महर्जनले म्यान अफ दि म्याच घोषित हुँदै ५ हजार रुपैयाँ जितेका छ्न ।

प्रतियोगिता अन्तर्गत बुधबारको फाइनल खेल अठ्ठाईस विगाहा कावासोती र गण्डकी प्रदेश बीच हुनेछ । विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

Write your Comment