आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024 Search
FLASH NEWS

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत भलिबल र कबड्डीका खेलहरु देवचुलीमा हुने

    प्रकाशित २०८० फागुन ७, सोमबार (२ महिना अघि)


देवचुली। गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत भलिबल र कबड्डीका खेलहरु देवचुलीमा हुने भएको छ । प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही फागुन ११ गतेदेखि १३ गतेसम्म संचालन हुने भएको हो। गण्डकी प्रदेश खेलकुद परिषदको आयोजना तथा जिल्ला खेलकुद विकास समिति नवलपुरको व्यवस्थापन जिल्लाका विभिन्न पालिकामा खेलहरु खेलाउन लागिएको हो ।

नवलपुरमा संचालन हुने प्रतियोगिता अन्तर्गत भलिबल र कबडीका खेलहरु देवचुली नगरपालिकामा, एथलेटिक्स र उसुका खेलहरु कावासोती नगरपालिकामा, तेक्वान्दोको खेल गैंडाकोट नगरपालिका र सितारीयो कराँतेको खेल मध्यविन्दु नगरपालिकामा संचालनको गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेत बहादुर पुनले जानकारी दिनुभयो ।

देवचुली नगरपालिका हुने भलिबल र कबड्डी खेलका लागि आवश्यक तयारी गर्न सुरु गरिएको देवचुली नगर युवा तथा खेलकुद विकास समिति देवचुलीका सदस्य सचिव प्रकाश काफ्लेले बताउनुभयो । भलिबल खेल धारापानीको खेलमैदान र कबड्डी खेल देवचुली १६ रजहरमा रहेको देवचुली माविमा संचालन गरिने उहाँले बताउनुभयो । गण्डकी प्रदेशका ११ जिल्लाबाट देवचुलीमा हुने कबड्डी खेलमा २ सय २२ जना र भलिबल खेलमा २ सय ६८ जना खेलाडी रहनेछन् ।

Write your Comment