आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

प्रथम आरम्भ एसक्युसी मिट : विद्यार्थीद्धारा जैविक विविधताको अध्ययन सहित गाउँको रहनसहनको जानकारी

    प्रकाशित २०८० फागुन ५, शनिबार (५ महिना अघि)


कावासोती । नवलपुरको कावासोतीमा रहेको आरम्भ एकेडेमीको आयोजनामा जारी प्रथम आरम्भ एसक्युसी मिटमा  विद्यार्थीहरू शनिबार विविध कार्यक्रममा सहभागि भएकाछन् । बिहान सांस्कृतिक र्याली सहित सुरु भएको कार्यक्रममा विद्यार्थीहरूले जैविक विविधता ,पर्यटनका विषयमा जानकारी सहित समुदायमा स्तरमा पुगेर स्थानीय खानपान र शैली बुझेकाछन् । कार्यक्रमा सहभागि विद्यार्थीहरूले कावासोतीको जटायु रेष्टुरेन्टको अवलोकन सहित जानकारी हासिल गरेका छन् । शनिबारनै कावासोती –१२, मा रहेको शान्ति प्राविमा स्थानीय सरकारको बालमैत्री कार्यक्रम, बालमैत्रीका विषयमा जानकारी लिएका छन् ।

स्कुल स्तरमा देशमै पहिलो कार्यक्रमका रुपमा आयोजित एसक्युसी मिटमा सहभागि विद्यार्थीले फुड सेक्युरिटीका विषयमा अभिमुखीकरण लिएकाछन् । साथै समुदाय स्तरमा घुलमिल र खाना व्यवस्थापन शैलीका विषयमा जानकारी लिन सहभागीहरूले गैरी स्थित मुसहर समुदायको आतित्थ्यतामा खाना खाएकाछन् ।  गौउले शैलीमा टपरी र केराको पातमा खाना खाएर स्थानीय शैलीको प्रयोग गरिएको छ । समुदायमा घुलमिल र स्थानीय स्तरमा खानाको व्यवस्थापनका विषयमा जानकारी दिने गरि उनीहरूले खाना खाने र जानकारी लिएको आरम्भ एकेडेमीका भाइस प्रिन्सिपल राजु पौडेलले बताउनुभयो ।

विद्यार्थीको व्यक्तित्व विकास, सामूहिक कार्य गर्न सिकाउने अभ्यास, विद्यालयमा आइपर्ने समस्याको पहिचान र समाधान, सामाजिक रहनसहन ,प्रकृति र पर्यटनका विषयमा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

देशभरका दश जिल्लाका २५ विद्यालयका विद्यार्थी आरम्भ एकेडेमीको एसक्युसी कार्यक्रममा सहभागि भएकाछन् । आइतबार केश स्टडी, प्यानल डिस्कसन लगायतका कार्यक्रम हुनेछन् ।
शनिबार बिहान र्यालीको उद्घाटन गर्दै कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले विद्यालयले नयाँ र फरक रूपको कार्यक्रम गरेकोमा धन्यवाद दिनुभयो । विद्यार्थीलाई सामाजिक विषय, रीतिरिवाज, परम्परा, धर्मसंस्कृति लगायत विविध ज्ञान प्रदान गर्ने गरि कार्यक्रम गरेकोमा आयोजकलाई कार्यक्रमको शुभकामना दिनुभएको थियो ।  सीप, संस्कार  र प्रविधिसहितको व्यवहारिक शिक्षा प्रदान गर्ने लक्ष्य सहित  सञ्चालित आरम्भ एकेडेमीले पहिलोपटक एसक्युसी मिट गरेको हो ।

Write your Comment