आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024 Search
FLASH NEWS

ज्ञानोदय माविका विपन्न विद्यार्थीलाई विद्यालय पोसाक वितरण तथा कल्याणकारी कोषका लागि रकम हस्तान्तरण

    प्रकाशित २०८० फागुन ५, शनिबार (२ महिना अघि)


नवलपुर । मध्यबिन्दु १५ मा रहेको ज्ञानोदय माविका विपन्न विद्यार्थीलाई विद्यालय पोसाक वितरण तथा विद्यार्थी कल्याणकारी कोषका लागि रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। मध्यबिन्दु १० घर भई हाल पोर्चुगल रहनुभएकी निर्मला ढकाल खरालले आफ्नो जन्मदिनको अवसरमा शुक्रबार उहाँकी आमा राधा ढकाल मार्फत २५ जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको हो । साथै उहाँले विद्यालयमा विद्यार्थी कल्याणकारी कोष स्थापनाका लागि पठाएको नगद ११ हजार रुपैयाँ आमा मार्फत हस्तान्तरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा मध्यविन्दु १० निवासी लक्ष्मी सेनद्वारा समेत विद्यार्थी कल्याणकारी कोषका लागि नगद ११ हजार रुपैयाँ विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टोकबहादुर सुनारीले विद्यालयका जन्मदिनको अवसरमा पुण्यको काम गरेकोमा निर्मला ढकाल खराललाई धन्यवाद सहित जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो भने समाजसेवी राधा ढकाल र लक्ष्मी सेनप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम पाण्डेले विद्यार्थी लोककल्याणकारी कोष स्थापनाको लागि सुरुवात भएको र अबका दिनमा कोषलाई वृद्धि गर्न पहल गर्ने बताउनुभयो । कोषमार्फत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक क्रियाकलापमा सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष पिताम्बर पाण्डे, सहयोगदाताहरु,विद्यालयका शिक्षक,विद्यार्थीको उपस्थिति रहेको थियो । विद्यालयका प्रधानाध्यापक टोकबहादुर सुनारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक धनबहादुर धर्तीले गर्नुभएको थियो।

Write your Comment