आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024 Search
FLASH NEWS

राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता : गण्डकी प्रदेश सेमिफाइनलमा

    प्रकाशित २०८० फागुन ४, शुक्रबार (२ महिना अघि)


नवलपुर । काठमाडौंको मछिन्द्र फुटबल क्लबलाई हराउँदै गण्डकी प्रदेश छैटौँ राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । प्रतियोगिताको शुक्रबार भएको तेस्रो क्वार्टरफाइनलमा गण्डकी प्रदेशले मछिन्द्रलाई १–० ले निराश पार्दै अन्तिम चारको स्थान पक्का गरेको हो ।

गण्डकीको जितमा मुकुन्द न्युरेले एक मात्र गोल २५औँ मिनेटमा गरेका थिए । प्रतिस्पर्धामा दुवै टोलीबाट गोलका लागि प्रयास भएका थिए । मछिन्द्रले मध्यान्तरपछि खेलमा सुधार गरेको थियो । यद्यपि बराबरी गोल फर्काउन सकेन । खेलमा गण्डकी प्रदेशका आकाश रानाभाटले म्यान अफ दि म्याच घोषित हुँदै ५ हजार रुपैयाँ जितेका छ्न्।

प्रतियोगिताअन्तर्गत भोलिको चौथो क्वार्टरफाइनल अठ्ठाईस विगाहा कावासोती र सङ्कटा क्लब काठमाडौँ बीच हुनेछ । विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

Write your Comment