आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नवलपुरमा पाटे बाघ मृत भेटियो

    प्रकाशित २०८० फागुन ४, शुक्रबार (५ महिना अघि)


नवलपुर । नवलपुरमा एउटा भाले बाघ मृत अवस्थामा भेटिएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका १० अरुणखोलाको बनमा भाले बाघ मृत भेटिएको नवलपुरका प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।

बाघ आफै मरेको हो कि मारिएको हो भन्ने एकिन भइसकेको छैन । तर जिभिजन वन अधिकृत अर्जुन सापकोटाले भने बाघ कालगतिले नै मरेको हुन सक्ने बताए ।

बाघको अनुसन्धानका लागि प्रहरी र डिभिजन वन कार्यालय कावासोतीको टोली घटना स्थल जाँदै गरेको प्रहरी नायव उपरिक्षक पौडेलले बताए । बाघको अवस्था हेर्दा केही दिन पहिले नै मरेको हुन सक्ने डिभिजन वन कार्यालयले जनाएको छ ।

Write your Comment