आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024 Search
FLASH NEWS

राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता : एपीएफलाई हराउँदै पुलिस सेमिफाइनलमा

    प्रकाशित २०८० फागुन ३, बिहिबार (२ महिना अघि)


नवलपुर । नवलपुरको कोल्हुवामा जारी राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टिम सशस्त्र प्रहरीलाई हराउँदै नेपाल पुलिस क्लब सेमीफाइनलमा पुगेको छ ।एपीएफलाई २-० गोलले पराजित गर्दै नेपाल पुलिस क्लब राइनो संरक्षण गोल्ड कपको सेमीफाइनलमा प्रवेश गरेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो पुलिसका लागि सातौँ मिनेटमा प्रताप गुरुङले गोल गरेका थिए । दोश्रो हाफपछि संजीव लामाले दोश्रो गोल गरेर पुलिस क्लबलाई अझ बलियो बनाएका थिए। आजको म्यान अफ दि म्याच पुलिसका सत्रुघन चौधरी भए । त्यस्तै भोलिको खेल भने मछिन्द्र क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा रहनेछ ।

प्रतियोगितामा १२ वटा टिम सहभागी छन् । ए डिभिजन, बिभागीय टिमहरुको समेत सहभागिता रहेको यो खेलमा पहिलो र दोश्रो हुने टिमले ८ लाख र ४ लाख नगद पाउने आयोजक क्लबका अध्यक्ष दोमन भण्डारीले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल फागुन ९ गते हुनेछ ।

Write your Comment