आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024 Search
FLASH NEWS

बेलस्वाराको विद्यालयमा खेलकुद सामग्री वितरण

    प्रकाशित २०८० फागुन ३, बिहिबार (२ महिना अघि)


देवचुली। देवचुली वडा नम्बर १६ बेलस्वारामा रहेको सरस्वती आधारभूत विद्यालयमा खेलकुद सामग्री वितरण गरिएको छ। बाल कल्याण नेपालको केन्द्रिय समितिको आयोजना तथा वडा बाल संजाल देवचुली १६ को आर्थिक सहयोगमा वसन्त पञ्चमी साथै सरस्वती पूजाको अवसर पारी बुधबार खेलकुद सामग्री वितरण गरिएको हो ।

भौगोलिक हिसाबले देवचुली नगरपालिकाको दुर्गम स्थानमा रहेको विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई खेलकुदका गतिविधिहरुमा सक्रिय बनाउनका लागि खेलकुद सामग्री वितरण गरिएको बाल कल्याण नेपालका केन्द्रिय सदस्य निर्मल गौतमले जानकारी दिनुभयो ।

बाल कल्याण नेपालका केन्द्रीय सचिव तथा वडा बाल सञ्जालका अध्यक्ष शिशिर आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली १६ का वडा सदस्य रामबहादुर सौमैको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै देवचुली नगर बाल सहजकर्ता दुर्गादेवी विष्ट, बाल कल्याण नेपालका केन्द्रिय सदस्यहरु विशाल सापकोटा, निर्मल गौतम,असिम भुर्तेल,आस्था अधिकारी, नगर बाल संजालका सचिव सुरक्षा ज्ञवाली, विद्यालयका प्रधानाध्यापक सामुयल मगर, वडा बाल संजालका सदस्य सुशान्त ढकालको वितरण कार्यक्रममा उपस्थिति रहेको थियो ।

वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि सौमैले बालबालिकाका लागि खेलकुदका सामग्री वितरण गरेकोमा बाल कल्याण नेपाललाई धन्यवाद ज्ञापन गरेका थिए ।

Write your Comment