आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024 Search
FLASH NEWS

प्रतिभा कप टि-२० क्रिकेट प्रतियोगिता: देवचुली १ शीर्ष ८ मा प्रवेश

    प्रकाशित २०८० माघ २९, सोमबार (२ महिना अघि)


कावासोती। कावासोती नगरपालिका ६ विष्णुनगरमा प्रथम गोपाल स्मृति नवलपुर वडा स्तरीय प्रतिभा कप २०८० टी-२० क्रिकेट प्रतियोगिता कावासोती ४ लाई हराउँदै देवचुली १ शीर्ष आठमा प्रवेश गरेको छ। देवचुली १ ले कावासोती ४ लाई ३ विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको कावासोती ४ ले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०२ रन जोडेको थियो। ब्याटिङ तर्फ प्रशान्त चापागाईले २६ रन, विशाल रानाले २२ रन जोडेका थिए भने बलिङ तर्फ देवचुली १ का प्रदीप गैह्रेले ४ विकेट र सुरज आचार्यले २ विकेट लिएका थिए।

जवाफी ब्याटिङ गरेको देवचुली १ ले १५ ओभरमा ७ विकेटको क्षतिमा १०५ रन बनाउँदै ३ विकेटको जित लिकालेको हो । खेलमा देवचुली १ का कप्तान समेत रहेका राजकुमार क्षेत्रीले ३८ रन र देव पाण्डेले १५ रन बनाएका थिए भने बलिङतर्फ कावासोती ४ का विशाल रानाले ३ विकेट र कृष्ण खरेलले २ विकेट लिएका थिए। खेलमा देवचुली १ का प्रदिप गैह्रे प्लेयर अफ दि म्याच भएका थिए ।

प्रतियोगिता प्रथम हुने टिमले नगद ५५ हजार रुपैयाँ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् त्यसैगरी द्धितिय हुने टिमले नगद २५ हजार रुपैयाँ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Write your Comment