आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

राईनाे संरक्षण गाेल्डकप फुटबल प्रतियोगिता : सोमबार सेन्टर कलेज २८ बिगाहा विजयी

    प्रकाशित २०८० माघ २९, सोमबार (२ महिना अघि)


नवलपुर । नवलपुरको मध्यविन्दु २ कोल्हुवा राईनाे खेल मैदानमा जारि छैठौं राइनो फुटबल प्रतियोगितामा सेन्टर कलेज २८ बिगाहा विजयी भएकाे छ । खेलकाे पहिलाे हापकाे ३४ औं मिनेटमा सेन्टर कलेज अफ २८ बिगाहाका जर्सि नम्बर ८८ का शुशिल लामाले पहिलाे गाेल गरेका थिए । त्यस्तै सेन्टर कलेज अफ २८ बिगाहाकै जर्सि नम्बर १४ का खेलाडी समिराज ठाेकरले ४३औं मिनटमा गाेल गरे सँगै पहिलाे हापमा सेन्टर कलेज अफ २८ बिगाहा २-० ले अग्रता कायम गर्‍यो।

त्यस्तै खेलकाे दाेस्राे हापकाे १४ मिनेटमा सेन्टर कलेज अफ २८ बिगाहाका जर्सि नम्बर १० का खेलाडी निरज चाैधरिले थप १ गाेल गर्दै सेन्टर कलेज अफ २८ बिगाहालाई ३-० गाेलकाे अग्रता कायम गराए। आजकाे खेलमा म्यान अफ द म्याच समेत सेन्टर कलेज अफ २८ बिगाहाका जर्सि नम्बर ४४ का खेलाडी बिरेन्द्र सारु मगर बने । सारु मगर सेन्टल कलेज २८ बिगाहाकाे टिम क्याप्टेन समेत हुन् ।

फागुन १ गते मंगलबार बाग्मति प्रदेश र एपिएफ बिच खेल हुनेछ ।
प्रतियोगितामा विभागीय टिम, प्रदेश स्तरको टिम सहित गरी १२ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम हुनेले ८ लाख र द्वितीय हुनेले ४ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

Write your Comment