आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

विश्व हिन्दु महासंघ नेपाल नवलपुरको अध्यक्षमा मणि भुसाल निर्वाचित

    प्रकाशित २०८० माघ २८, आईतबार (५ महिना अघि)


देवचुली । विश्व हिन्दु महासंघ नेपाल नवलपुरको अध्यक्षमा मणि भुसाल निर्वाचित भएका छन् ।नवलपुरको देवचुली १५ रहेको पशुपति साङ्गवेद आश्रमा शनिबार भएको जिल्ला भेला तथा अधिवेशनबाट मणिप्रसाद भुसालको नेतृत्वमा २९ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो।

नव निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा युक्तप्रसाद गौडेल, उपाध्यक्षमा देवनारायण बस्ताकोटी र सन्तोष राना, सचिवमा कृष्णप्रसाद न्यौपाने , सहसचिवमा बलराम आचार्य, बालकृष्ण कंडेल, जीवलाल भुसाल, शेषकान्ती सापकोटा, कोषाध्यक्षमा बिन्दु पोखरेल काफ्ले, सह कोषाध्यक्षमा राधिका पाठक सापकोटा र सदस्यहरुमा लक्ष्मण पाठक, उद्योग बहादुर श्रेष्ठ, लीला शर्मा, जितबहादुर महतो,धनपती पाठक, भीम सुवेदी, कमलप्रसाद बस्याल, टेकनारायण सुवेदी, गोविन्द प्रसाद अधिकारी, लक्ष्मीप्रसाद सापकोटा, गोकुल रेग्मी, पवित्रा कंडेल, नेत्रप्रसाद रिजाल, ध्रुवप्रसाद सुबेदी, भोजराज रिमाल, राजेन्द्र तिमिल्सिना, विजय विश्वकर्मा र डुवलराज पुरी निर्वाचित भएको निर्वाचन मंडलका संयोजक वेदप्रसाद गौडेलले जानकारी दिएका छन।

जिल्ला भेला तथा अधिवेशनमा विश्व हिन्दु महासंघ नेपालका केन्द्रिय अध्यक्ष रामचन्द्र अधिकारी, दुर्गा मन्दिरका पिठाधीस योगी खेचरनाथ, विश्व हिन्दु महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष मुक्तिराम अधिकारी, विश्व हिन्दु महासंघ नेपालका केन्द्रिय महासचिव रामचन्द्र तिवारी ,धार्मिक अभियान्ता अभिषेक जोशी लगायतको उपस्थिति रहेको थियो।

Write your Comment