आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

राइनो गोल्डकप : सेन्टर कलेज फोर ब्रदर भुमही विजयी

    प्रकाशित २०८० माघ २७, शनिबार (५ महिना अघि)


नवलपुर। नवलपुरको कोल्हुवामा आजदेखि सुरु भएको छैटौं संस्करणको राईनो संरक्षण गोल्डकपको उद्घाटन खेलमा सेन्टर कलेज फोर ब्रदर भुमही विजयी भएको छ । विरगञ्ज युनाईटेड क्लबलाई २-१ गोल अन्तरले हराउँदै सेन्टर कलेज फोर ब्रदरले प्रतियोगितामा जित निकालेको हो ।

खेलमा फोर ब्रदरका लागि बिनोद केवट र फागुराम चौधरीले एक एक गोल गरेका थिए । खेलको अन्तिम ४ मिनेटमा वीरगंज यूनाइटेडका बिकास चौधरीले एक गोल फर्काएका थिए । त्यस्तै आजको खेलमा सेन्टर कलेज फोर ब्रदर भुमहीका खेलाडी फागुराम चौधरीले म्यान अफ द म्याच घोषित भएका छन् । उनलाई नगद रु ५ हजार नगद पुरस्कार गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले हस्तान्तरण गर्नुभयो।

प्रतियोगिता अन्तरगत आइतबार हनामी बीएफसी चितवन र गण्डकी प्रदेशको फुटबल टीम बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । राइनो क्लब, मध्यविन्दु–४ नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख प्राप्त गर्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सर्वाधिक गोलकर्ताले १० हजार र हरेक खेलको म्यान अफ द म्याच घोषित हुने खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा नेपाल आर्मी, सेन्टर कलेज फोर ब्रदर भुमही, २८ बिगाहा, लुम्बिनी प्रदेश, संकटा क्लब, मछिन्द्र क्लब, हनामी बीएफसी क्लब, गण्डकी प्रदेश, बागमती प्रदेश, एपीएफ र पुलिस क्लब सहभागी हुनेछन् ।

Write your Comment