आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

कावासोती ६ मा हिंसा, दुर्व्यवहार र किशोरी अधिकार सम्बन्धि सचेतना

    प्रकाशित २०८० माघ २६, शुक्रबार (५ महिना अघि)


कावासोती । कावासोती नगरपालिका ६ मा हिंसा, दुर्व्यवहार र किशोरी अधिकार सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। क्यान्नलानको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथा कावासोती वडा नम्बर ६ को कार्यालय, नवलपुर किशोरी संजाल र सामुदायिक सेवा केन्द्र नवलपुरको सहकार्यमा सचेतना कार्यक्रम गरिएको हो ।


कावासोती वडा नम्बर ६ का वडा सदस्य सविता सुनारको अध्यक्षतामा भएको कार्यक्रममा लालीगुराँस आमा समुहका अध्यक्ष भगवती बिकको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा सदस्य युवराज गैरे, वडा सदस्य चुरिकला बस्याल, समुदायस्तरमा रहेका विभिन्न आमा समुह, महिला समूह र टोल विकास संस्थाका पदाधिकारीहरु, अभिभावक, जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेलका प्रमुख बिन्दु वि.क. र सामुदायिक प्रहरीका अन्य प्रतिनिधि लगायतको उपस्थितिमा रहेको थियो ।

जागृति बाल तथा युवा सरोकार नेपालका सहजकर्ता राधा देवी बोटेले कावासोतीमा संचालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत भइरहेका विभिन्न गतिविधि र अभियानहरुको बारेमा जानकारी दिनु भएको थियो । साथै समुदायस्तरमा आमा समूह, महिला समुह तथा अभिभावकहरुलाई केन्द्रित गरि कार्यक्रम गर्नुको उदेश्यको बारेमा जानकारी दिँदै कार्यक्रम संचालन गर्नु भएको थियो ।


त्यस्तै गरि जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेलका प्रमुख बिन्दु बिकले हिंसाका प्रकारहरु, हिंसा तथा दुर्व्यवहार हुने कारणहरु, हिंसा तथा दुर्व्यवहारका असरहरु, समग्रमा नवलपुर जिल्ला भित्र महिला, बालबालिका, जेष्ठ नागरिक माथि हुने हिंसाको अवस्था र त्यसको तथ्यांक, हिंसा तथा दुर्व्यवहार न्यूनीकरणका लागि गरिएका प्रयासहरु सहित हिंसा रोकथाम तथा न्यूनीकरणमा आमा समुह, महिला समूह, टोल विकास संस्थाका सदस्यहरु र अभिभावकहरुले कसरी भुमिका निर्वाह गर्न सकिन्छ, हिंसा, दुर्व्यवहार भएमा कुन कुन निकायहरुमा समन्वय सम्पर्क गर्न सकिन्छ भन्ने सन्दर्भमा सहजीकरण गर्नु भएको थियो ।

Write your Comment