आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024 Search
FLASH NEWS

मिलिजुली आधारभूत विद्यालयमा प्राकृतिक फिल्टर पिउने पानी टंकीको समुदघाटन

    प्रकाशित २०८० माघ २६, शुक्रबार (२ महिना अघि)


देवचुली। देवचुली ८ आँपटारीमा रहेको मिलिजुली आधारभूत विद्यालयमा निर्माण गरिएको प्राकृतिक फिल्टर पिउने पानी टंकीको समुदघाटन गरिएको छ । लायन्स क्लब नारायणगढ नारायणीको रजत महोत्सवको अवसरमा निर्माण गरिएको खानेपानी टंकीको बुधबार नेपाल लायन्स फाउन्डेसन एलसिआई डिष्ट्रीक ३२५ आर नेपालका पुर्व डिष्ट्रीक गभर्नर सिद्धार्थ लाल चुकेद्वारा समुदघाटन गरिएको हो।

समुदघाटनमा बोल्दै प्रमुख अतिथि चुकेले नेपाल लायन्स फाउन्डेसन एलसिआई डिष्ट्रीक ३२५ आर नेपाल र लायन्स क्लब नारायणगढ नारायणीको दुई लाख भन्दा बढीको लागतमा निर्माण गरिएको खानेपानी टंकीद्वारा विद्यार्थीहरुलाई सफा र शुद्ध पानी पिउनका लागि सहज हुने बताउनुभयो ।उहाँले आगामी दिनमा समेत विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुको शैक्षिक सुधारका लागि २ थान २१ इन्चको टेलिभिजन समेत विद्यालयलाई हस्तान्तरण गरिएको थियो।

समुदघाटन कार्यक्रममा लायन्स क्लब नारायणगढ नारायणीका पदाधिकारीहरु,विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु लगायत शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो। विद्यालयमा पिउनेपानी टंकी निर्माण गरेर क्लबले पुण्यको काम गरेको र आफ्नो विद्यालयमा सहयोग गरेकोमा नेपाल लायन्स फाउन्डेसन एलसिआई डिष्ट्रीक ३२५ आर नेपाल र लायन्स क्लब नारायणगढ नारायणीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेखबहादुर थापा सारु मगरले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Write your Comment