आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

घुमाउरी सामुदायिक वनको साधारण सभा माघ २७ गते हुँदै

    प्रकाशित २०८० माघ २६, शुक्रबार (५ महिना अघि)


देवचुली । देवचुली ९ मा रहेको घुमाउरी सामुदायिक वन उपभोक्ता समूहको २९ औं वार्षिक साधारण सभा यही माघ २७ गते शनिबार हुने भएको छ । देवचुली ९ का उपभोक्ताहरु रहेको सामुदायिक वनको २७ गतेलाई साधारण सभा तोकिएको समूहका उपाध्यक्ष चन्द्रबहादुर थापाले जानकारी दिए ।

साधारण सभा देवचुली ९ को घुमाउरी पिकनिक स्पटमा हुने उनले बताए । संस्थाको साधारण सभाका लागि उपभोक्ता,शुभेच्छुक र अतिथिहरुलाई पत्राचार गरि सकिएको र सम्बन्धितलाई खबर नभएमा संस्थाको सूचना अनुसार उपस्थिति हुनका लागि उनले आग्रह गरे ।

साधारणमा सभामा सामुदायिक वनले वन संरक्षणलाई प्रमुख प्राथमिकता दिँदै आर्थिक वर्ष २०७९/०८० को आम्दानी खर्च अनुमोदन,अध्यक्षको प्रतिवेदन तथा भावी योजना,सचिव,कोषाध्यक्ष र लेखा संयोजकको प्रतिवेदन लगायतका प्रस्तावहरु पेश हुने समूहका अध्यक्ष पार्वती रावलले बताइन् ।

वि.सं. २०५२ सालमा स्थापना भएको घुमाउरी सामुदायिक वनले नवलपुरकै प्रसिद्ध घुमाउरी पिकनिक स्पट संचालन गरेको छ ।

Write your Comment