आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

जिल्लास्तरीय यु- १६ टि-२० क्रिकेट प्रतियोगिता : जन ज्योति माध्यमिक विद्यालयलाई उपाधि

    प्रकाशित २०८० माघ २२, सोमबार (२ महिना अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित सेन्टर कलेज अन्तर विद्यालय यु-१६ जिल्लास्तरीय टि-२० क्रिकेट प्रतियोगितामा उपाधि जन ज्योती माध्यमिक विद्यालयले जितेको छ । सोमबार भएको जन ज्योति माध्यमिक विद्यालय र भीमसेन आदर्श माध्यमिक विद्यालयबीच भएको फाइनल खेलमा जन ज्योति माध्यमिक विद्यालयले भीमसेन आदर्श माध्यमिक विद्यालयलाई हराउँदै उपाधि जित्न सफल भएको हो । लिग चरणमा खेलाइएको खेलमा समूह `ए´ बाट जन ज्योति माध्यमिक विद्यालय र समूह `बी´ बाट भीमसेन आदर्श माध्यमिक विद्यालय समूह बिजेता हुँदै फाइनल प्रवेश गरेका थिए ।

फाइनल खेलमा जन ज्योति माध्यमिक विद्यालयले भीमसेनलाई ७४ रनले हराएको छ। पहिले ब्याटिङ गरेको जन ज्योती माध्यमिक विद्यालयले आदर्श भट्टराईको ४५ रन र करन सुनारको २१ रनको मदतले २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन बनाएको थियो । बलिङतर्फ भीमसेन आदर्श माध्यमिक विद्यालयका कमल भुसाल र दिप्सन भुसालले २/२ विकेट लिएका थिए ।

त्यसैगरी जवाफी ब्याटिङ गरेको भीमसेन आदर्श माध्यमिक विद्यालयले १३ ओभरमा सबै विकेट गुमाउँदै ६० रनमा समेटिएको थियो। भीमसेनबाट सुजल चापागाईले ११ रन र कमल भुसालले ८ रन बाहेक अन्य खेलाडीहरु सस्तैमा आउट भएका थिए। भीमसेनको पारीलाई ध्वस्त बनाउन आदर्श भट्टराईले ३ विकेट र अमृत भुसालले २ विकेट लिएका थिए। फाइनल खेलमा जन ज्योति माध्यमिक विद्यालयका आदर्श भट्टराई प्लेयर अफ दि म्याच भएका थिए ।

रोयल क्रिकेट एकेडेमीको आयोजना, देवचुली वडा नम्बर १० र देवचुली नगर युवा तथा खेलकुद विकास समितिको सहयोगमा माघ १५ गतेदेखि संचालन भएको प्रतियोगिताको आज समापन गरिएको हो । १६ वर्ष मुनिका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई यु-१६ का जिल्लास्तरीय खेलाडी छनोटको क्याम्पमा राखिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम भएको जन ज्योती माध्यमिक विद्यालयले नगद ३५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ भने द्वितीय भएको भीमसेन आदर्श माध्यमिक विद्यालयले नगद १५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी देवचुली माध्यमिक विद्यालयका स्वागत पाण्डे , उत्कृष्ट बलर भीमसेन आदर्श माध्यमिक विद्यालयका विशाल भुसाल र उत्कृष्ट ब्याट्सम्यान जन ज्योती माध्यमिक विद्यालयका शुभम भण्डारीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा नवलपुरका ८ वटा विद्यालयको सहभागिता रहेको थियो।

Write your Comment