आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

कावासोती १२ मा लागुपदार्थ दुर्व्यसनी तथा अनलाइन सुरक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

    प्रकाशित २०८० माघ २२, सोमबार (८ महिना अघि)


कावासोती। कावासोती १२ मा रहेको शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा लागुपदार्थ दुर्व्यसनी तथा अनलाइन सुरक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना, क्यान्नलानको सहयोग, नवलपुर किशोरी संजाल, कावासोती वडा नं १२ र सामुदायिक प्रहरी सेवा केन्द्रको समन्वयमा आइतबार कार्यक्रम गरिएको छ ।

विद्यालय बालक्लवका अध्यक्ष विद्या तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शान्ति निकुञ्ज माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद न्यौपाने, शान्ति निकुञ्ज किशोरी समुहको सम्पर्क शिक्षक गिता देवि भुसाल, शिक्षक, विद्यार्थी, जिल्ला प्रहरी कार्यलय महिला बालबालिका तथा जेष्ठ नागरिक सेलका प्रमुख विन्दु वि.क. र सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।


कार्यक्रममा सहजकर्ता राधादेवी बोटेले कावासोती नगरपालिकामा संचालित किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत भईरहेका गतिविधिहरु र बालबालिका लक्षित कार्यक्रमहरु गर्नुको उदेश्यको बारेमा जानकारी दिँदै कार्यक्रमको संचालन गर्नु भएको थियो ।कार्यक्रममा लागुपदार्थ दुर्व्यसनी के हो? लागुपदार्थ दुर्व्यसनले शारीरिक, मानसिक र सामाजिक रुपमा कस्तो प्रभाव र असरहरु पर्छ ? लागुपदार्थ दुर्व्यसन रोकथाम र न्यूनीकरणमा हाम्रो भुमिका के रहन्छ, त्यसैगरी अनलाइन / साइबर मार्फत के कस्ता दुर्व्यवहार हुन सक्छन् , अनलाइन सुरक्षा के हो ?, हामिले आफ्नो सामाजिक संजाल कसरी सुरक्षित राख्ने, त्यस्तै अनलाइन असुरक्षित हुँदा बालबालिका माथि पर्ने असरहरु लगायत बालबिबाह, बालबालिका माथि हुनसक्ने हिंसा तथा दुर्व्यवहारहरुको बिषयमा छलफल भएको थियो ।

अभिमुखिकरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख विन्दु वि. क. ले विषयवस्तुहरुको बारेमा समुदायमा प्रत्यक्ष रुपमा भई रहेका लागुपदार्थ दुर्व्यसन र अनलाइनको माध्यमबाट भइरहेका घटनाहरुलाई प्रस्ट्याउँदै सहजीकरण गर्नु भएको थियो ।


कार्यक्रममा वडाअध्यक्ष ध्रुव खनालले कार्यक्रम सबैका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको र सबैजना मिलेर समुदायमा आज सिकेका बिषयमा सचेत गराउनुपर्ने बताउनुभयो । उहाँले बालबालिकाहरु पनि आफैंमा जिम्मेवार बन्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

Write your Comment