आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

जिल्लास्तरीय यु- १६ टि-२० क्रिकेट प्रतियोगिता : शनिबार जन ज्योति र देवचुली विजयी

    प्रकाशित २०८० माघ २०, शनिबार (५ महिना अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित सेन्टर कलेज अन्तर विद्यालय यु-१६ जिल्लास्तरीय टि-२० क्रिकेट प्रतियोगितामा शनिबार जन ज्योती माध्यमिक विद्यालय र देवचुली माध्यमिक विद्यालय विजयी भएका छन् । रोयल क्रिकेट एकेडेमीको आयोजना, देवचुली वडा नम्बर १० र देवचुली नगर युवा तथा खेलकुद विकास समितिको सहयोगमा माघ १५ गतेदेखि माघ २२ गतेसम्म प्रतियोगिता संचालन गरिएको हो । १६ वर्ष मुनिका खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताबाट यु-१६ का जिल्लास्तरीय खेलाडी छनोटको क्याम्पमा राखिने आयोजकले जनाएको छ ।

शनिबार भएको पहिलो खेलमा जन ज्योती माध्यमिक विद्यालयले वरचुली माध्यमिक विद्यालयलाई ७ विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको वरचुली माध्यमिक विद्यालयले कृष्टल सुबेदीको २३ रन र गोविन्द लामिछानेको २१ रनको मद्दतले १६.३ ओभरमा सबै विकेटको क्षतिमा १२६ रन बनाएको थियो । बलिङतर्फ जन ज्योति माध्यमिक विद्यालयका करन सुनार र आदर्श भट्टराईले ३/३ विकेट लिएका थिए ।

त्यसैगरी जवाफी ब्याटिङ गरेको जन ज्योति माध्यमिक विद्यालयले १२ ओभरमा ३ विकेटको क्षतिमा १२७ रन बनाउँदै ७ विकेटले जित हासिल गरेको थियो । जन ज्योति माध्यमिक विद्यालयबाट करन सुनारले ४७ रन र सुवास भण्डारीले ३१ रन बनाएका थिए ।बलिङ्तर्फ वरचुलीका कृष्टल सुवेदी र गोविन्द लामिछानेले १/१ विकेट लिएका थिए । खेलमा जन ज्योति माध्यमिक विद्यालयका करन सुनार प्लेयर अफ दि म्याच भएका थिए ।

त्यसै गरी शनिबार भएको दोस्रो खेलमा देवचुली माध्यमिक विद्यालयले नेपाल माध्यमिक विद्यालयलाई ७ विकेट हराउँदै विजयी भएको छ। पहिले ब्याटिङ गरेको नेपाल माविको सुजल मल्लले ५३ रन र आयुष पाण्डेले २९ रन मात्र बनाउँदै २० ओभरमा ५ विकेटको क्षतिमा १५२ रन बनाएको थियो। देवचुली माध्यमिक विद्यालयका नितेश घिमिरेले २ विकेट र विज्ञान पौडेलले १ विकेट लिएका थिए।

जवाफी ब्याटिङ गरेको देवचुली माध्यमिक विद्यालयले १७.३ ओभरमा ३ विकेटको क्षतिमा १५३ रन बनाउँदै जित निकालेको थियो। देवचुलीबाट स्वागत पाण्डेले ७३ रन र लालु पटेलले ३९ रन बनाएका थिए । बलिङतर्फ जन ज्योति माध्यमिक विद्यालयका सुजन क्षेत्री र कपिल काफ्लेले १/१ विकेट लिएका थिए। दोस्रो खेलमा देवचुली माध्यमिक विद्यालयका स्वागत पाण्डे प्लेयर अफ दि म्याच भएका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद १५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका हरेक खेलको म्यान अफ दि म्याचसहित प्रतियोगिताको उत्कृष्ट खेलाडी, बलर र ब्याट्सम्यानलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता अन्तर्गत आइतबारको नेपाल माध्यमिक विद्यालयका विरुद्ध जीवन ज्योति माध्यमिक विद्यालयबीच हुने खेल संयोजक सन्तोष न्यौपानेले जानकारी दिए ।

Write your Comment