आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

कावासोती १२ मा सरसफाइ सामग्री वितरण

    प्रकाशित २०८० माघ १९, शुक्रबार (५ महिना अघि)


कावासोती । कावासोती नगरपालिका वडा नम्बर १२ मा फोहोर व्यवस्थापन सामग्री वितरण गरिएको छ। कावासोती १२ को आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटबाट सामग्री वितरण गरिएको हो ।


वडामा रहेका १४ वटा टोल विकास संस्था तथा ८ वटा धार्मिक स्थल (मन्दिर र गुम्बा) लाई फोहोर व्यवस्थापनको लागि सामग्री साथै वडा कार्यालयद्वारा संचालित तालिम सिकेर आफैँ सरफ बनाउने २ वटा समूहहरुलाई पि पि इ (पन्जा ) वितरण गरिएको वडा अध्यक्ष ध्रुव खनालले जानकारी दिनुभयो । कार्यक्रममा वडा कार्यालयको सहयोगमा पिठौली महिला बचत तथा ऋण सहकारी संस्थाद्वारा निर्माण गरिएको झोला समेत वितरण गरिएको थियो।

वडामा वातावरण संरक्षण सम्बन्धि सचेतना प्रवाह गर्दै फोहरमैला व्यवस्थापनका लागि सामग्री वितरण गरिएको र वडामा निरन्तर रुपमा टोल सुधारबाट सरसफाइ कार्यक्रम गर्नका लागि सामग्रीको प्रयोगका गर्नका लागि सामग्री प्रदान गरिएको खनालले बताउनुभयो । वडालाई स्वच्छ र सफा बनाउनका लागि सबै वडाबासीहरु लाग्नुपर्ने कुरामा जोड दिनुभएको थियो।


कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनालको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु केवलप्रसाद गुरौ, देवबहादुर चौधरी, टोल विकास संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सहजीकरण वडा सदस्य बन्दना भुजेलले गर्नुभएको थियो।

Write your Comment