आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली ११ मा माइन्युट लेखन तथा कार्यक्रम संचालन सम्बन्धी तालिम

    प्रकाशित २०८० माघ १९, शुक्रबार (५ महिना अघि)


देवचुली । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ११ मा माइन्युट लेखन तथा कार्यक्रम संचालन सम्बन्धी तालिम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा वडा भित्र रहेका आमा समूहका पदाधिकारीका लागि माइन्युट लेखन तथा कार्यक्रम संचालन सम्बन्धी तालिम प्रदान गरिएको हो ।

वडा भित्र रहेका आमा समूहका पदाधिकारीहरुको क्षमता विकासका लागि तालिमको आयोजना गरिएको वडा अध्यक्ष एवं नगर प्रवक्ता तिल प्रसाद काफ्लेले बताउनुभयो । तालिमको उद्धघाटन सत्रमा बोल्दै वडा अध्यक्ष काफ्ले वडा भित्र रहेका आमा समूहहरुलाई संस्थागत रुपमा बलियो बनाउन वडाले तालिमको आयोजना गरेको बताउनुभयो । समूहमा आवद्ध महिलाहरुको क्षमता विकास गरि भोलीका दिनमा थप प्रभावकारी कार्य गर्न सक्षम हुने गरि तालिमको सदुपयोग गर्न उहाँले सहभागिलाई आग्रह गर्नुभएको थियो । वडा भित्र रहेका समूह, संस्थाहरु सक्षम बन्दा विकासका काम थप प्रभावकारी रुपमा अघि बढाउन सहयोग पुग्ने भएकाले यसै कुरालाई महसुस गरि तालिम प्रदान गरिएको उहाँले बताउनुभयो ।

तालिममा वडा भित्र रहेका आमा समूहका पदाधिकारीहरुको सहभागिता रहेको थियो । सहभागिले वडा कार्यालयले क्षमता विकासका लागि तालिम प्रदान गरेकोमा धन्यवाद दिँदै भोलीका दिनमा यस्ता खालका कार्यक्रम थप गर्दै जानुपर्नेमा सुझाव दिएका थिए ।


तालिमको उद्धघाटन सत्र वडा सदस्य दुर्गा चापागाईको अध्यक्षता तथा वडा अध्यक्ष तिल प्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा भएको थियो । वडा सदस्य डम्बर बहादुर सिंजालीले संचालन गर्नुभएको कार्यक्रममा वडा सदस्य बेली माया पुलामी मगर,मिना कुमारी विश्वकर्माको समेत सहभागिता रहेको थियो ।

Write your Comment