आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

जिल्लास्तरीय यु- १६ टि-२० क्रिकेट प्रतियोगिता : बिहीबार नेपाल मावि विजयी

    प्रकाशित २०८० माघ १८, बिहिबार (२ महिना अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित सेन्टर कलेज अन्तर विद्यालय यु-१६ जिल्लास्तरीय टि-२० क्रिकेट प्रतियोगितामा बिहीबार नेपाल माध्यमिक विद्यालय विजयी भएका छन् । रोयल क्रिकेट एकेडेमीको आयोजना, देवचुली वडा नम्बर १० र देवचुली नगर युवा तथा खेलकुद विकास समितिको सहयोगमा माघ १५ गतेदेखि माघ २२ गतेसम्म प्रतियोगिता संचालन गरिएको हो । १६ वर्ष मुनिका खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताबाट यु-१६ का जिल्लास्तरीय खेलाडी छनोटको क्याम्पमा राखिने आयोजकले जनाएको छ ।


बिहीबार भएको खेलमा भीमसेन आदर्श माध्यमिक विद्यालयलाई नेपाल माध्यमिक विद्यालयले २ रनले हराएको छ । पहिले ब्याटिङ गरेको नेपाल माध्यमिक विद्यालयले अनुप कंडेलको ६० रन र अच्युत कोइरालाको २२ रनको मद्दतले २० ओभरमा ८ विकेटको क्षतिमा १४६ रन बनाएको थियो । बलिङतर्फ भीमसेन आदर्श माध्यमिक विद्यालयका सैलेश काफ्लेले ३ विकेट र दिप्सन भुर्तेलले २ विकेट लिएका थिए ।

त्यसैगरी जवाफी ब्याटिङ गरेको भीमसेन आदर्श माध्यमिक विद्यालयले २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनाएको हो । भीमसेनबाट सुशान्त धितालले ४४ रन र सैलेश काफ्लेले ३० रन बनाएका थिए । नेपाली माविका पाण्डेले ३ विकेट र सुजन क्षेत्रीले २ विकेट लिएका थिए। खेलमा नेपाल माध्यमिक विद्यालयका अनुप कंडेल प्लेयर अफ दि म्याच भएका थिए ।


प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद १५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका हरेक खेलको म्यान अफ दि म्याचसहित प्रतियोगिताको उत्कृष्ट खेलाडी, बलर र ब्याट्सम्यानलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो खेल लक्ष्मी माध्यमिक विद्यालयका विरुद्ध जन ज्योति माध्यमिक विद्यालय र दोस्रो खेल भीमसेन आदर्श माध्यमिक विद्यालयका विरुद्ध जीवन ज्योति माध्यमिक विद्यालयबीच हुने खेल संयोजक सन्तोष न्यौपानेले जानकारी दिए ।

Write your Comment