आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024 Search
FLASH NEWS

हुप्सेकोटमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

    प्रकाशित २०८० माघ ७, आईतबार (३ महिना अघि)


नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोटमा श्रीमानले श्रीमतीको हत्या गरेकाछन् । आज राति एक बजेको समयमा हुप्सेकोट गाउँपालिका –६, बस्ने ३३ वर्षीय शेर बहादुर लम्का मगरले आफ्नी श्रीमती ३४ वर्षीय चनिसरा लम्का मगरको धारिलो हतियार कोदालो र खुर्पाले प्रहार गरि हत्या गरेको नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताउनुभयो । सुतिरहेको अवस्थामा हतियार प्रयोग गरि हत्या भएको उहाँले बताउनुभयो ।

प्रहरीले शेर बहादुर मगरलाई हत्यामा प्रयोग भएको कोदालो र खुर्पा सहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । प्रारम्भिक सोधपुछमा श्रीमान श्रीमतीबीचमा कुनै झगडा तथा मनमुटाव नरहेको पाइएको उहाँले बताउनुभयो । आंशिक रुपमा मानसिक समस्या हो की भन्ने बुझिएको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो । ‘सामान्य सोधपुछमा कसैले सुतिरहेको अवस्थामा म सहित, श्रीमती र छोरीमाथि आक्रमण गर्न आए , मैले त्यसको प्रतिकार गरेको शेर बहादुरले भन्नछन्’ प्रहरी उपरीक्षक पौडेलले भन्नुभयो ‘ केही मानसिक समस्या हो कि भन्ने छ, घटनाको थप अनुसन्धान हुन बाँकी रहेको छ ।’

परिवारमा श्रीमान श्रीमती सहित चारजना छोरीहरू रहेको र राति सबैसँगै सुतेको अवस्थामा घटना भएको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो । मृतक चनिसार लम्का मगर गर्भवती समेत रहेको उहाँले बताउनुभयो ।

Write your Comment