आज:  २०८२ भाद्र २९, आईतबार | Sun, 14, Sep, 2025 Search
FLASH NEWS

देवचुली ९ मा अपांगता भएका व्यक्तिहरुलाई आयआर्जनका लागि बाख्रा वितरण

    प्रकाशित २०८० पौष २९, आईतबार (१ साल अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा अपांगता भएका व्यक्तिहरुलाई आयआर्जनका लागि बाख्रा वितरण गरिएको छ। देवचुली नगरपालिका वडा नम्बर ९ को अपांगता भएका व्यक्तिहरुलाई आयआर्जनमूलक कार्यक्रम अन्तर्गत आथिक वर्ष २०८०/०८१मा विनियोजित रकमबाट शुक्रबार बाख्रा वितरण गरिएको हो।


वडामा रहेका अपांगता भएका व्यक्तिहरुलाई बाख्रा वितरण गरिएको देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटाले जानकारी दिनुभयो । प्रतिभा अपाङ्ग स्वालम्बन समूह देवचुली ९ ले छनोट गरेको १३ जनालाई आयआर्जनका लागि बाख्रा वितरण गरिएको उहाँले बताउनुभयो ।

प्रतिभा अपाङ्ग स्वालम्बन समूह देवचुली ९ का अध्यक्ष भरत पाण्डेको अध्यक्षतामा भएको बाख्रा वितरण कार्यक्रममा देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष बलिराम सापकोटा,कार्यपालिका सदस्य मधुमाया गुरुङ, वडा सदस्यहरु आइतमान गुरुङ, तिलकुमारी बिक, प्रतिभा अपाङ्ग स्वालम्बन्ल समूह देवचुली ९ का कार्य समिति, अपांगता भएका व्यक्तिहरु र उनीहरुको परिवारलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिवारीले अपांगता भएका व्यक्तिहरुको आर्थिक तथा सामाजिक जीवनस्तर माथि उठाउनका लागि नगरपालिका सदैव अभिभावक बनेर अगाडि बढ्ने कुरामा जोड दिनुभयो। अपाङ्गता भएका व्यक्तिहरु पनि समाजका परिवर्तनका संवाहक भएको हुँदा आफ्नो आत्मबल बलियो गराएर आफुले सकेको क्षमता देखाउन आग्रह गर्नुभएको थियो।सो कार्यक्रमको सहजीकरण वडा सदस्य विष्णुबहादुर खड्काले गर्नुभएको थियो।

Write your Comment