आज:  २०८२ बैशाख २३, मंगलबार | Tue, 06, May, 2025 Search
FLASH NEWS

देवचुलीमा आजदेखि प्रथम पिप्रहर माघी मेला

    प्रकाशित २०८० पौष २९, आईतबार (१ साल अघि)


देवचुली। देवचुलीमा आजदेखि प्रथम पिप्रहर माघी मेला सुरु हुँदैछ। पिप्रहर सामुदायिक होमस्टे ग्राम र होटल,होमस्टे तथा पर्यटन व्यवसायी समितिको संयुक्त आयोजनामा संचालन हुने मेलाको आज आइतबार दिउँसो १२:३० बजे गण्डकी प्रदेशका कृषिमन्त्री महेन्द्रध्वज जिसीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।आजदेखि माघ २ गतेसम्म देवचुली १७ पिप्रहर गाउँमा ३ दिनसम्म प्रथम माघी मेला संचालन गर्न लागिएको हो।

ग्रामीण पर्यटनको प्रवर्द्धन गर्न,स्थानीय रैथाने कृषि उत्पादन बढावा दिन,स्थानीय श्रम,सीपको सम्वर्द्धन गर्न,परम्परागत खानाका परिकारहरु बिक्री गरि स्वरोजगारलाई टेवा दिन,आय आर्जन तथा जिविकोपार्जनको विकास गर्न,खेलको विकास गरि युवाहरुको व्यक्तित्व विकास गर्न,स्थानीय कलाकारहरुलाई उजागर गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको मेला मुल आयोजक समितिका अध्यक्ष पलट प्रसाद चौधरीले जानकारी दिए।

मेलाको प्रमुख आकर्षकका रुपमा स्थानीय परम्परागत खानाका परिकार बिक्रीका लागि प्रदर्शन,मेला अवधिभर भलिबल ब्याडमिन्टन प्रतियोगिता,स्थानीय तथा युवा कलाकारद्वारा मनोरञ्जन प्रदान गरिने,विभिन्न उद्योग व्यवसायहरुको उत्पादन बिक्रीका लागि प्रदर्शन,मेलाको अवधिमा होटल,होमस्टे तथा रेष्टुरेन्टहरुमा अग्रिम बुकिङ्ग गरि आउने पाहुनालाई विशेष छुट प्रदान गरिने,मेला अवधिभर जंगल सफारीको लागि अग्रिम बुकिङ्ग गर्नेहरुलाई विशेष छुट दिईने लगायत रहेको मेला आयोजक समितिका प्रवक्ता रिमबहादुर आलेले बताए ।

मेलामा व्यवसायीका लागि स्थानीय तथा परम्परागत खानाका स्टलहरु निशुल्क उपलब्ध गराइने आयोजकले जानकारी दिए। तीन दिनसम्म संचालन हुने मेलामा १० हजार मानिसहरु मेलाको अवलोकनमा आउने र करिब १५ लाख खर्च लाग्ने अनुमान छ । मेलाको सम्पुर्ण तयारी सकिएको र उदघाटन पश्चात खेलहरुसँगै सांस्कृतिक कार्यक्रम सुरु हुने आयोजकले बताए ।तीनसम्म संचालन हुने मेलामा राष्ट्रिय कलाकार सरस्वती लामिछाने,मिलन लामा र राजन कार्कीको विशेष प्रस्तुति रहनेछ भने स्थानीय कलाकार सपना परियार,दुर्गा सापकोटा,प्रकाश खरेल,टिकीसरा राना,भक्त थापा,सरु अछामी,अस्मि थापा,संजय देवकोटा,दिप काफ्लेलगायतका कलाकारहरुको सांगेतिक प्रस्तुति रहनेछ ।

Write your Comment