आज:  २०८२ जेष्ठ १, बुधबार | Wed, 14, May, 2025 Search
FLASH NEWS

नारायणी र राप्ती नदीमा २६५ वटा घडियाल गोही र तीन डल्फिन भेटियो

    प्रकाशित २०८० पौष १८, बुधबार (१ साल अघि)


चितवन।चितवन राष्ट्रिय निकु्ञ्जले नारायणी र राप्ती नदीमा गरेको अनुगमनमा २६५ वटा घडियाल गोही फेला परेको छ ।पुस १ देखि पुस १५ सम्म चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा गरेको अनुगमनमा सो संख्यामा घडियाल गोही भेटिएको हो ।

सोही अवसरमा नारायणी नदीमा तीन वटा भालेसहित ११३ वटा घडियाल गोही र राप्ती नदीमा ३ वटा भालेसहित ११३ वटा घडियाल गोही गणना गरिएको छ । त्यसैगरी अनुगमनमा तीन वटा डल्फिनसमेत फेला परेको छ ।निकुञ्ज कार्यालयले दिएको जानकारीका अनुसार उक्त अनुगमनमा चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र, सौराहाको गरी जम्मा १० जना कर्मचारीहरुको सहभागिता रहेको थियो । घडियाल अनुगमन कार्यमा काठको डुंगा, रवर बोट, जीपीएस, क्यामेरा, बाइनाकुलरलगायतका सामग्री प्रयोग भएको थियो ।

Write your Comment