आज:  २०८२ जेष्ठ १, बुधबार | Wed, 14, May, 2025 Search
FLASH NEWS

देशभर चिसो बढ्दै, सतर्कता अपनाउन आग्रह

    प्रकाशित २०८० पौष ६, शुक्रबार (१ साल अघि)


काठमाडौं।जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले देशभरको तापक्रम घटेर चिसो बढ्दो क्रममा रहेको जनाएको छ । हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेपनि देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले अनुरोध छ ।

महाशाखाले शुक्रबार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहने जनाएको छ । देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाले हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको हुने सम्भावना रहेकाले तापक्रम हल्का घट्न सक्ने जनाएको छ । महाशाखाका अनुसार पहाडी र तराईका क्षेत्रमा हल्का तापक्रम घट्ने देखिएको छ भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । साथै तराईका क्षेत्रमा हल्कादेखि मध्यम हुस्सु कुहिरो लाग्ने छ ।

Write your Comment