आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

रजहरमा रहेको किसान सहकारीको शाखाबाट ६ लाख ३५ हजार रुपैयाँ चोरी

    प्रकाशित २०८० मंसिर २२, शुक्रबार (७ महिना अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर १६ मा रहेको किसान बचत तथा ऋण सहकारीको जनमुखी सेवा केन्द्रमा चोरी भएको छ। गए राति सेफमा राखिएको ६ लाख ३५ हजार ६ सय ५५ रुपैयाँ चोरी गरिएको हो। शुक्रबार बिहान कार्यालय ताला फोडिएको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो।

कार्यालयको ताला फोरेर कार्यालय भित्र रहेको सेफ फोरिएको पाईएको इलाका प्रहरी रजहरका कार्यालय प्रमुख कमल परियारले जानकारी दिए। ‘जुन ठाउँ सेफ राखिएको छ त्यो ठाउँबाट पैसा झिकिएको पाईएको छ’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान भैरहेको छ।’सहकारीमा बुझ्दा सेफमा ६ लाख ३५ हजार ६ सय ५५ रुपैयाँ रहेको उनी बताउँछन्।सहकारीमा चोरले एउटा सिसि क्यामरा पनि चोरेको प्रहरीले जानकारी दिएको छ।

गए राती नै प्रगतिनगरमा रहेको बिकु बचत तथा ऋण सहकारीको शाखा कार्यालयमा समेत चोरी प्रयास गरेको र सेफमा पैसा नभएकाले कुनै पनि आर्थिक क्षति नभएको तर १ वटा सिसि क्यामरा चोरी भएको प्रहरीले जनाएको छ।

Write your Comment