आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीको प्रगतिनगरमा एक फेन्सी व्यवसायी माथि हातपात, दुईजना पक्राउ

    प्रकाशित २०८० मंसिर २०, बुधबार (७ महिना अघि)


देवचुली । देवचुलीको प्रगतिनगरमा एक जना फेन्सी व्यवसायी माथि कुटपिट भएको छ । कुटपिट गरेको आरोपमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय नवलपुरले पक्राउ गरेको छ ।

देवचुली नगरपालिका १५ प्रगतिनगर बजारमा फेन्सी पसल सन्चालन गर्दै आएका तुलसीराम भट्टराईमाथि बुधबार दिउँसो कुटपिट भएको हो ।भट्टराईमाथि कुटपिटको आरोपमा प्रहरीले स्थानीय १८ वर्षीय सुजन सुनार र ५८ वर्षीय आयुष सुनारलाई पक्राउ गरेको छ ।उनीहरुले भट्टराईलाई पसलको सटर बन्द गरेर कुटपिट गरेका हुन् । बन्द सटरबाट ठुलै आवाज आए पछि स्थानीयले भट्टराईको उद्दार गरि कुटपिट गर्नेलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।

कुटपिटबाट घाईते भएका भट्टराईलाई स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज पठाईएको छ । कुटपिट गर्ने दुवै जना अहिले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन् । उनीहरुमाथि घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

Write your Comment