आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

वडा अध्यक्ष कप भेट्रान्स फुटबल प्रतियोगिता : मंगलबार देवचुली १७ पहेँलो विजयी

    प्रकाशित २०८० मंसिर १९, मंगलबार (७ महिना अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर १७ मा संचालित प्रथम नगरस्तरीय वडा अध्यक्ष कप भेट्रान्स फुटबल प्रतियोगितामा मंगलबार देवचुली १७ पहेँलो विजयी भएको छ।

हरिबोधनी एकादशीको अवसरमा फारम खेलकुद विकास समितिको आयोजनामा वरचुली माध्यमिक विद्यालयको खेल मैदानमा संचालित प्रतियोगितामा देवचुली १७ पहेँलोले देवचुली १२ लाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ। खेलमा देवचुली १७ पहेँलोले देवचुली १२ लाई ६-० गोल अन्तरले पराजित गरेको हो।खेलमा देवचुली १७ पहेँलोका तर्फबाट प्रकाश हमालले ३ गोल,बिष्णु आले र सुकलाल तामाङले १/१ गोल गरेका थिए । आजको खेलमा देवचुली १७ पहेँलोका प्रकाश हमाल म्यान अफ दि म्याच घोषित भएका थिए।


प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार रुपैयाँसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले नगद २० हजार रुपैयाँसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।प्रतियोगिताका उत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता,उत्कृष्ट गोलरक्षक र प्रत्येक दिनको खेलको उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको छ। प्रतियोगितामा बुधबार देवचुली १० का विरुद्ध देवचुली १६ बिच पहिलो सेमिफाइनल खेल हुने खेल संयोजक प्रकाश हमालले जानकारी दिए।

Write your Comment