आज:  २०८२ बैशाख २६, शुक्रबार | Fri, 09, May, 2025 Search
FLASH NEWS

नवलपुरमा गैंडाको आक्रमणबाट २ जना घाइते

    प्रकाशित २०८० मंसिर १९, मंगलबार (१ साल अघि)


देवचुली । नवलपुरको देवचुली १० र कावासोती १ को सिमाना लोकाहा खोला नजिक गैंडाको आक्रमणबाट २ जना घाइते भएका छन् ।आज बिहान ११ बजेतिर गैंडाको आक्रमणबाट कावासोती ६ निवासी अन्दाजी ६० वर्षको भुलमाया बिक र चितवन भुवनवस्ती निवासी अन्दाजी ५० वर्षका छमबहादुर सारु मगर घाइते भएका हुन् ।घाईतेहरुलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरले जानकारी दिए।

देवचुली ९,१० र कावासोती १ मा गैंडाको आक्रमणबाट जनधनको क्षतिसँगै बालीनालीलाई समेत क्षति पुर्‍याइरहँदा सम्बन्धित निकायले गैंडा नियन्त्रणमा चासो नदिएको स्थानीयले बताए।

Write your Comment