आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

वडा अध्यक्ष कप भेट्रान्स फुटबल प्रतियोगिता : सोमबार देवचुली १० र देवचुली ११ विजयी

    प्रकाशित २०८० मंसिर १८, सोमबार (७ महिना अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर १७ मा संचालित प्रथम नगरस्तरीय वडा अध्यक्ष कप भेट्रान्स फुटबल प्रतियोगितामा सोमबार देवचुली १० र देवचुली ११ विजयी भएका छन् ।

हरिबोधनी एकादशीको अवसरमा फारम खेलकुद विकास समितिको आयोजनामा वरचुली माध्यमिक विद्यालयको खेल मैदानमा संचालित प्रतियोगिताको पहिलो खेलमा देवचुली १० ले देवचुली १७ हरियो लाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ। खेलमा देवचुली १० ले देवचुली १७ हरियोलाई २-१ गोल अन्तरले पराजित गरेको हो।खेलमा देवचुली १० बाट तेजबहादुर राना र टंक रानाले १/१ गोल गरेका थिए भने देवचुली १७ हरियोबाट सविन तामाङले गोल गरेका थिए। आजको पहिलो खेलमा देवचुली १० का तेजबहादुर राना म्यान अफ दि म्याच घोषित भएका थिए।

प्रतियोगिताको दोस्रो खेलमा देवचुली ११ ले देवचुली १ लाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ। खेलमा देवचुली ११ ले देवचुली १ लाई १-० गोल अन्तरले पराजित गरेको हो।खेलमा देवचुली ११ बाट दिपक थापाले गोल गरेका थिए। आजको दोस्रो खेलमा देवचुली ११ का दिपक थापा म्यान अफ दि म्याच घोषित भएका थिए।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार रुपैयाँसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले नगद २० हजार रुपैयाँसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।प्रतियोगिताका उत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता,उत्कृष्ट गोलरक्षक र प्रत्येक दिनको खेलको उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको छ। प्रतियोगितामा मंगलबार देवचुली १२ का विरुद्ध देवचुली १७ पहेँलो बिच खेल हुने खेल संयोजक प्रकाश हमालले जानकारी दिए।

Write your Comment