आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नवलपुरमा तेस्रो जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता हुँदै

    प्रकाशित २०८० मंसिर १८, सोमबार (७ महिना अघि)


देवचुली। नवलपुरमा तेस्रो जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ। नवलपुर जिल्ला तेक्वान्दो संघ (आईटिएफ) को आयोजना पिठौली तेक्वान्दो दोजाङ्ग (आईटिएफ) सह आयोजना तथा कावासोती नगरपालिका र कावासोती नगरपालिकाको प्रायोजनमा मंसिर २३ गते कावासोती १२ को पिठौली चौरमा प्रतियोगिताको आयोजना गरिएको हो।

प्रतियोगितामा नवलपुर जिल्लाका आठ वटै पालिकाबाट २० वटा दोजाङ्गबाट ३०० जना खेलाडीहरुको सहभागिता रहने नवलपुर जिल्ला तेक्वान्दो संघ (आईटिएफ) अध्यक्ष वीर कुँवरले जानकारी दिए। जिल्लामा रहेका तेक्वान्दो खेलाडीहरुको क्षमता विकास तथा प्रोत्साहन गर्दै खेलाडीहरुलाई देशमा चिनाउनका लागि प्रतियोगिता आयोजना गरिएको कुँवरले बताए ।प्रतियोगिता संचालनका लागि ३ लाख भन्दा माथि खर्च हुने अनुमान आयोजकले गरेको छ।

प्रतियोगितामा महिला/पुरुष दुवैको तौल समुहबीच प्रतिष्पर्धा हुनेछ।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन र राम्रो स्थान हासिल गर्ने खेलाडीलाई पुरस्कार,प्रमाणपत्र एवं मेडल प्रदान गरिने जिल्ला तेक्वान्दो संघले जनाएको छ।

Write your Comment