आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

मध्यबिन्दुमा बाल अधिकार समुहद्वारा लैंगिक हिंसा विरूद्ध सचेतनामुलक नाटक प्रदर्शन

    प्रकाशित २०८० मंसिर १८, सोमबार (४ महिना अघि)


मध्यबिन्दु। मध्यबिन्दुमा रहेको नेपाल लोक सेवा माध्यमिक विद्यालयको बाल अधिकार समुहले लैंगिक हिंसा विरूद्ध सचेतनामुलक नाटक प्रदर्शन गरेको छ। लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मंसिर १६ गते बाल अधिकार समुहले विद्यालयमा सचेतनामुलक नाटक प्रदर्शन गरेको हो।

बाल अधिकार समुहद्वारा हिंसा तथा दुर्व्यवहार भनेको के हो? हिंसा तथा दुर्व्यवहार कहाँ कहाँ, को बाट र कसरी हुन्छ?, हिंसा तथा दुर्व्यवहारमा परियो भने कहाँ सम्पर्क र समन्वय गर्न सकिन्छ साथै हिंसा र दुर्व्यवहारबाट सुरक्षित हुने उपायहरुको बारेमा नाटक मार्फत सचेत गराएका थिए।

नेपाल लोक सेवा माध्यमिक विद्यालय बाल अधिकार समुहका अध्यक्ष हरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल लोक सेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक लेखराज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो।त्यसैगरी कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक पिताम्बर पाण्डे,फोकल शिक्षक लक्ष्मी ज्ञवाली लगायत शिक्षक,विद्यार्थीहरुको उपस्थित रहेको थियो।


विद्यालयका प्रधानाध्यापक भण्डारीले विद्यालयमा बाल अधिकार समुहद्वारा सचेतनामुलक नाटक संचालन गरेकोमा आयोजकलाई धन्यवाद दिदै समाजमा लैंगिक हिंसा न्यूनीकरणका लागि सरोकारवालाहरु बीच सहकार्य हुनुपर्ने बताउनुभयो । विगत २ वर्ष देखि इन्सेकद्वारा आफ्नो विद्यालयमा गठन भएको बाल अधिकारसमुहद्वारा विद्यालय तथा समुदायमा सचेतनामुलक कार्यक्रम गरिरहेको उहाँले बताउनुभयो ।

Write your Comment