आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

वडा अध्यक्ष कप भेट्रान्स फुटबल प्रतियोगिता : आइतबार देवचुली १६ विजयी

    प्रकाशित २०८० मंसिर १७, आईतबार (७ महिना अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर १७ मा संचालित प्रथम नगरस्तरीय वडा अध्यक्ष कप भेट्रान्स फुटबल प्रतियोगितामा आइतबार देवचुली १६ विजयी भएको छ।

हरिबोधनी एकादशीको अवसरमा फारम खेलकुद विकास समितिको आयोजनामा वरचुली माध्यमिक विद्यालयको खेल मैदानमा संचालित प्रतियोगितामा देवचुली १६ ले देवचुली १३ लाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो।खेलमा देवचुली १६ ले देवचुली १३ लाई २-० गोल अन्तरले पराजित गरेको हो।आजको खेलमा देवचुली १६ का जीवन थापा म्यान अफ दि म्याच घोषित भएका थिए।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार रुपैयाँसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले नगद २० हजार रुपैयाँसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।प्रतियोगिताका उत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता,उत्कृष्ट गोलरक्षक र प्रत्येक दिनको खेलको उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको छ। प्रतियोगितामा सोमबार देवचुली १० का विरुद्ध देवचुली १७ हरियो बिच पहिलो खेल र देवचुली १ का विरुद्ध देवचुली ११ बिच दोस्रो खेल हुने खेल संयोजक प्रकाश हमालले जानकारी दिए।

Write your Comment