आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

वडा अध्यक्ष कप भेट्रान्स फुटबल प्रतियोगिता : शनिबार देवचुली १७ पहेँलो विजयी

    प्रकाशित २०८० मंसिर १६, शनिबार (७ महिना अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर १७ मा संचालित प्रथम नगरस्तरीय वडा अध्यक्ष कप भेट्रान्स फुटबल प्रतियोगितामा शनिबार देवचुली १७ पहेँलो विजयी भएको छ।

हरिबोधनी एकादशीको अवसरमा फारम खेलकुद विकास समितिको आयोजनामा वरचुली माध्यमिक विद्यालयको खेल मैदानमा संचालित प्रतियोगितामा देवचुली १७ पहेँलोले देवचुली ४ लाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो।


खेलमा देवचुली १७ पहेँलोले देवचुली ४ लाई ४-० गोल अन्तरले पराजित गरेको हो। खेलमा देवचुली १७ पहेँलोबाट प्रकाश हमालले ३ गोल र विष्णु आलेले १ गोल गरेका थिए। आजको खेलमा देवचुली १७ पहेँलोका प्रकाश हमाल म्यान अफ दि म्याच घोषित भएका थिए।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार रुपैयाँसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले नगद २० हजार रुपैयाँसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।प्रतियोगिताका उत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता,उत्कृष्ट गोलरक्षक र प्रत्येक दिनको खेलको उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको छ। प्रतियोगितामा आइतबार देवचुली १३ का विरुद्ध देवचुली १६ बिच खेल हुने खेल संयोजक प्रकाश हमालले जानकारी दिए।

Write your Comment