आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

कावासोती १ मा विद्यार्थीहरुलाई राम्रो र नराम्रो छुवाई सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

    प्रकाशित २०८० मंसिर १३, बुधबार (८ महिना अघि)


कावासोती । कावासोती १ मा विद्यार्थीहरुलाई राम्रो र नराम्रो छुवाई सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ। लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान २०८० को अवसरमा ” लैंगिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालिकामा लगानीको ऐक्यबद्धता” नारा सहित राम्रो छुवाई र नराम्रो छुवाई सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो ।


कावासोती १ रिठ्ठेपानीमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा क्यान्नलान स्विजरल्याण्डको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथा कावासोती वडा नम्बर १ को कार्यालय, विद्यालय र विद्यालय स्तरको बालक्लवको समन्वयमा सो कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा सहभागी बालबालिकाहरुलाई हिंसा तथा दुर्व्यवहार भनेको के हो? राम्रो छुवाई र नराम्रो छुवाई भनेको के हो? हिंसा तथा दुर्व्यवहार कहाँ कहाँ, को बाट र कसरी हुन्छ?, हिंसा तथा दुर्व्यवहार परियो भने कहाँ सम्पर्क र समन्वय गर्न सकिन्छ र हटलाईन नम्बरहरु केके हुन् ? हिंसा र दुर्व्यवहारबाट कसरी सुरक्षित हुने र उपायहरु केके हुन सक्छन्? भन्ने विषयमा छलफल हुनुका साथै किशोरीहरु र सहभागी शिक्षिकाहरु बिच विभिन्न परिस्थिति र समयमा आफुमा हिंसा पर्दाको अनुभवहरु समेत आदानप्रदान गरेका थिए ।

कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका सामाजिक परिचालक राधा देवी बोटेले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सचेतनामुलक कार्यक्रम गर्नुको उदेश्य तथा वर्तमान समयमा महिला र बालबालिकाको तथ्यांक र नेपालमा हिंसाको अवस्थाको बारेमा जानकारी दिएकी थिइन् ।

विद्यालयस्तरीय बाल क्लवका अध्यक्ष निर्मला मगरको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशा गैरे ब्लोनको प्रमुख अतिथ्यता रहेको थियो ।कार्यक्रममा शिक्षिका शकुन्तला पराजुली, सुस्मा पाण्डे, विद्यालय बालक्लबका सदस्यहरु, किशोरीहरुको उपस्थितिमा रहेको थियो।कार्यक्रमको सहजीकरण किशोरी अभियन्ताहरु प्रतीक्षा बिक र प्रकृति अर्यालले गरेका थिए ।

कार्यक्रमको अन्त्यमा सहभागीहरुले म हिंसा गर्दिन, गरेको पनि सहन्न, हिंसा गरेको पाएमा उजुरी गर्नेछु भन्ने ऐक्यबद्धता सहित प्रतिबद्धता व्यानरमा हस्ताक्षर समेत गरेका थिए।

Write your Comment