आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली १७ मा वडा अध्यक्ष कप भेट्रान्स फुटबल प्रतियोगिता हुँदै

    प्रकाशित २०८० मंसिर १२, मंगलबार (८ महिना अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर १७ मा प्रथम नगरस्तरीय वडा अध्यक्ष कप भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ।हरिबोधनी एकादशीको अवसरमा फारम खेलकुद विकास समितिको आयोजनामा मंसिर १३ गतेबाट प्रथम नगरस्तरीय वडा अध्यक्ष कप भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको हो।

प्रतियोगितामा वरचुली माध्यमिक विद्यालयको खेल मैदान हुने र देवचुली नगरपालिकाका वडाहरुबीच प्रतिष्पर्धा हुने फारम खेलकुद विकास समितिका अध्यक्ष जितबहादुर तामाङलेले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार रुपैयाँसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले नगद २० हजार रुपैयाँसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।प्रतियोगिताका उत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता,उत्कृष्ट गोलरक्षक र प्रत्येक दिनको खेलको उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको खेल संयोजक प्रकाश हमालले बताए ।

प्रतियोगिताको उद्घाटन देवचुली नगरपालिका वडा नम्बर १७ स्थित वरचुली माध्यमिक विद्यालयको खेल मैदानमा बुधबार दिउँसो गरिने समितिले जनाएको छ।प्रतियोगिताको समुदघाटन खेल देवचुली ८ का विरुद्ध देवचुली १७ हरियो बिच हुनेछ।

Write your Comment