आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा कार र अटो ठोक्किँदा १ जना घाइते

    प्रकाशित २०८० मंसिर १२, मंगलबार (८ महिना अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर ११ मा कार र अटो ठोक्किँदा १ जना घाइते भएका छन् । उतरबाट दक्षिण आउँदै गरेको बा ५ च ३९३५ नम्बरको कार र दक्षिणबाट उत्तर जाँदै गरेको ग.प्र.०४ ००१ ह ००७२ नम्बरको अटो दायाँ साईट काट्न खोज्दा अटोमा कारले ठक्कर दिएको प्रहरीले जनाएको छ।दिउँसो सवा १२ बजे देवचुली ११ स्थित समावेशी टोलमा दुर्घटना भएको हो।

दुर्घटनामा अटो पल्टिएर अटो चालक गर्वे गुरुङ घाइते भएको अस्थायी प्रहरी कार्यालय दलदलेका प्रमुख नारायणप्रसाद बरालले जानकारी दिए। घाइतेको देवचुली हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर पठाईएको छ। दुर्घटनामा परेका दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

Write your Comment