आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

नवलपुर ट्राफिक प्रहरीद्वारा ६० लाख राजस्व सङ्कलन

    प्रकाशित २०८० मंसिर ४, सोमबार (११ महिना अघि)


नवलपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले चार महिनाको अवधिमा रु ६० लाख ६८ हजार ५ सय राजश्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारबाही गर्दा सो राजश्व सङ्कलन भएको हो ।

विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरी टोलीले गत साउनदेखि कात्तिक मसान्तसम्मको अवधिमा ७ हजार ४ सय ४० सवारी साधनका चालकलाई कारबाही गरेको ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी निरीक्षक अच्युतराज आचार्यले बताउनुभयो ।ट्राफिक प्रहरीका अनुसार सवारी चालक अनुमति पत्र नलिएका, साथमा आवश्यक कागजात नबोकेका, मादक पदार्थ सेवन गरेका, स्वरुप परिवर्तन, तीव्र गति र क्षमताभन्दा बढी लोड गरी चलाइएका, हेल्मेट, नलगाएका सवारी साधनका चालकलाई कारबाही गरिएको हो ।

यस्तै जिल्लामा चार महिनाको अवधिमा ३० सवारीसाधन दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विभिन्न समयमा भएका सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने २५ जना घाइते भएका थिए । अधिकांश सवारी साधन ट्राफिक नियम विपरीत चलाउँदा दुर्घटनामा परेको पाइएको प्रहरीले जनाएको छ ।

Write your Comment