आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

कावासोतीमा ४ लाख ३५ हजार रुपैयाँसहित ११ जुवाडे पक्राउ

    प्रकाशित २०८० कार्तिक २९, बुधबार (८ महिना अघि)


कावासोती । नवलपुरको कावासोतीमा जुवा खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।उनीहरू जिल्लाको कावासोती-८ कैलाशचोकबाट पक्राउ परेका हुन् । जुवाको खालबाट नगद ४ लाख ३५ हजार ९५ नेपाली रुपैयाँ र ५ सय भारु नगद सहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रहजर र जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटेको १५ जनाको टोलीले तास खेलिरहेको अवस्थामा ३ बुक तास र बन्द रहेको ३ बुक तास सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । पक्राउ परेका ११ जनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

Write your Comment