आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024 Search
FLASH NEWS

दुर्गा प्रसाईंलाई काठमाडौंमा कालोमोसो

    प्रकाशित २०८० आश्विन २२, सोमबार (६ महिना अघि)


काठमाडौँ। विवादास्पद अभिव्यक्ति दिंदै आएका व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडौंमा कालोमोसो दलिएको छ ।

कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि केही युवाले कालो मोसो दलेका हुन् । यो खबर तयार गर्दासम्म उनलाई कालो मोसो दल्ने कसैलाई पनि नियन्त्रणमा नलिएको र कालोमोसो दल्ने समूहको खोजी भइरहेको प्रहरीले बताएको छ ।

अनुहार र कमिजमा कालो मोसो दलिएपछि कमिज फालेर प्रसाई भेष्टमा देखिएका थिए । केही समय यता प्रसाईले मारवाडी समुदायका १६ जनाविरुद्ध विवादास्पद अभिव्यक्ति दिंदै आएका थिए । प्रसाईले आज मारवाडी समुदायलाई लक्षित गरी ब्यानरमा उनीहरुको फोटो सार्वजनिक गरेका थिए ।

Write your Comment