आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024 Search
FLASH NEWS

इजरायलबाट फर्किन चाहने नेपालीलाई सरकारले ल्याउने

    प्रकाशित २०८० आश्विन २२, सोमबार (६ महिना अघि)


देवचुली । इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीलाई नेपाल सरकारले उद्धार गरी नेपाल ल्याउने भएको छ ।त्यसका लागि नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि अनलाइन रजिष्ट्रेसनको व्यवस्था गर्न लागेको इजरालयस्थित नेपाली दूतावासले जनाएको छ ।

शनिबार हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु थियो। मृतक १० जनाको शव ल्याउन इजरायल सरकारसँग समन्वय गरिरहेको पनि दूतावासले जनाएको छ।दूतावासले इजरायलमा रहेका सबै नेपालीलाई धैर्य र संयम अपनाउन समेत आग्रह गरेको छ।हमास समूहको आतंकवादी हमलाले इजरायली र विदेशबाट गएका नागरिकहरु भय र त्रासमा परेका छन् ।

Write your Comment