आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

कावासोती १२ मा आज भोदी खेल प्रतियोगिता हुँदै

    प्रकाशित २०८० आश्विन १०, बुधबार (७ महिना अघि)


कावासोती। थारु संस्कृति जोगाउन थारु समुदायका युवाहरुले बुधबार(आज) कावासोतीमा भोदी खेल प्रतियोगिता गर्ने भएका छन् । प्राचिन कालमा भोदी खेल भगवान श्रीकृष्णले गोठालो जाँदा जंगलमा एउटा खाल्डो बनाई त्यसमा लौरी (काँचा) हरु राखेर निश्चित दूरीबाट लौरीले हानेर लौरी निकालेर खेल खेल्ने गरिएको मान्यता अनुसार यस खेल शुरु भएको मानिन्छ । अहिले यस खेललाई पारिमार्जन गर्दै थारु युवाहरुले आफ्नो संस्कृति मानेर यस खेललाई संरक्षणका लागि हरेक वर्ष इन्द्रजात्राको दिनदेखि भोदी खेल खेलाउने गरिन्छ ।

यो खेलमा निश्चित समय भित्र जुन समूहले खाल्टोमा राखेको लौरीहरु धेरै निकाल्न सक्छन् त्यही समूहलाई विजयी घोषणा गर्ने गरिन्छ । यो खेल अहिले नवलपुर,नवलपरासी र चितवनका थारु समुदायमा ज्यादै लोकप्रिय रहेको छ । अहिलेसम्म यो खेल नवलपुरको पिठौलीमा मात्र आयोजना गर्दै आइरहेका छ । आश्विन शुल्क पक्षको चर्तुदशी तीथिमा मनाइने थारु सामुदायको महान पर्व अनन्त चर्तुदशी पर्वको अवसरमा डायमण्ड यूथ सोसाइटी राजमन्दिरको आयोजनामा हुन लागेको हो ।

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रोले क्रमसः नगद तीस हजार,पन्ध्र हजार, पाँच हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र रहेको प्रतियोगिता संयोजक रण बहादुर थनेतले जानकारी दिनुभयो । साथै सो दिन यस समुदायमा पूरुषहरुले सबेरै स्नान गरी पूजा गर्छन् र दिनभर पानी नखाई व्रत बस्छन् । बेलुका फलफुल खाने गर्छन, व्रत बस्नाले मनोआकांक्षा पुरा हुने जनविश्वास रहेको छ ।

Write your Comment