आज:  २०८० मंसिर १७, आईतबार | Sun, 03, Dec, 2023 Search
FLASH NEWS

नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

    प्रकाशित २०८० आश्विन ८, सोमबार (२ महिना अघि)

नवलपुर । नवलपुरको पहाडी क्षेत्र अन्तरगत दलदले –कुमसोत–पोखरी हुँदै बुलिङटार सडक खण्डको विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । ठाउँ ठाउँमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । यस सडकखण्ड अन्तरगत बोझा पोखरी , अर्खला लगायतका स्थानमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । जसले गर्दा यात्रुहरुलाई समस्या भएको छ ।

अवरुद्ध सडक पन्छाउन सरकारी सरोकारवाला निकाय उदासिन हुँदा यात्रुहरु आफैले पहिरो पन्छाएर सडक खुलाउने प्रयास गरेका छन् । आज बिहान देखि यस खण्डमा सडक अवरुद्ध भएको हो ।

Write your Comment