आज:  २०८० मंसिर १७, आईतबार | Sun, 03, Dec, 2023 Search
FLASH NEWS

नेपाल मानव धर्म सेवा समिति कावासोतीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

    प्रकाशित २०८० आश्विन ३, बुधबार (२ महिना अघि)

कावासोती। नेपाल मानव धर्म सेवा समिति कावासोती शाखा आश्रमद्वारा रक्तदान कार्यक्रम गरिएको छ।मानव धर्मका प्रणेता तत्वादर्शी सदगुरुदेव श्री सतपाल जी महाराज जी को जन्मदिनको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो।आज भएको कार्यक्रममा ७ महिला सहित ३० जनाले रक्तदान गरेको आयोजकले जनाएको छ।

रक्तदान कार्यक्रम नेपाल मानव धर्म सेवा समिति कावासोती शाखाका प्रमुख संरक्षक महात्मा किरण बाइजीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला नवलपुर शाखाका सभापति ऋषि कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। अध्यात्म ज्ञानसँगै मानव धर्मले विविध सामाजिक कार्य गर्दै आइरहेको छ।

Write your Comment