आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा बाल अधिकार र कर्तव्य विषयक अन्तरक्रिया सम्पन्न

    प्रकाशित २०८० भाद्र ३०, शनिबार (७ महिना अघि)


देवचुली। ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा देवचुलीमा बाल अधिकार र कर्तव्य विषयक अन्तरक्रिया सम्पन्न गरिएको छ। देवचुली नगरपालिकाको सहयोगमा जागृति बाल क्लब नेपालको आयोजनामा जन ज्योति आदर्श बहुमुखी क्याम्पसको सभाहलमा शनिबार अन्तरक्रिया कार्यक्रम गरिएको हो।

जागृति बाल क्लब नेपालका अध्यक्ष प्रितम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगर बाल संजालका वरिष्ठ उपाध्यक्ष अनुस्का भण्डारी,जागृति बाल क्लब नेपालका प्रमुख सल्लाहकार होमनाथ जैसी,देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता खिमानन्द भुसाल,कोपिला नेपालका सहजकर्ता कमला सापकोटा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बाल अधिकारभित्र के के पर्छ,बालमैत्री स्थानीय शासन तथा बालबालिकाको कर्तव्य लगायतका विषयमा देवचुली नगरपालिका बालमैत्री परामर्शदाता खिमानन्द भुसालले सहजीकरण गर्नुभएको थियो । उहाँले बालबालिकाले अधिकारसँगै कर्तव्य पूरा गर्न बिर्सन नहुने बिषय लगायत देवचुली नगरपालिकाले बालबालिकाको क्षेत्रमा गरेका महत्त्वपूर्ण कामहरुको बारेमा सहभागीलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा कावासोती र देवचुली नगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट बालबालिकाको उपस्थिति रहेको थियो। सो कार्यक्रमको संचालन जागृति बाल क्लब नेपालका सचिव निर्मल गौतमले गरेका थिए।

Write your Comment