आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

पूर्वपश्चिम राजमार्गको डण्डामा विरोध प्रर्दशन : उपयुक्त स्थानमा युर्टन र जेब्राक्रसिङ्ग राख्न माग

    प्रकाशित २०८० भाद्र २८, बिहिबार (१ साल अघि)


तिर्थराज डुम्रे ,नवलपुर । बिस्तारको क्रममा रहेको पूर्वपश्चिम महेन्द्र राजमार्गमा उपयुक्त स्थानमा युर्टन र जेब्रा क्रसिङ्ग निर्माणको माग गर्दै कावासोती–१६ का स्थानीयले बिरोध प्रर्दशन गरेका छन् ।

कावासोती–१६ मा मध्यविन्दु जिल्ला अस्पताल जाने स्थानमा मात्रै युर्टन रहेको छ । सडक मापदण्ड अनुसार निश्चित स्थानमा मात्रै युर्टन राख्न मिल्ने भन्दै त्यस पस्ताच पश्चिम तर्फ पथर खोला भन्दा पछि पश्चिम जंगल क्षेत्रमा मात्रै युर्टन निर्माण हुनेछ । बजार क्षेत्रमा कुनै पनि युर्टन निर्माण नभएपछि आन्दोलन गरिएको स्थानीय मदन गिरीले बताउनुभयो । “डण्डाबाट कावसोती नगरपालिकाको १४, १५ र १७ संगै हुप्सेकोट गाउँपालिका र मध्यविन्दु नगरपालिकाको वडा नं. १, २, ३ र ४ का स्थानीयहरु महेन्द्र राजमार्गमा आवतजावत गर्छन् । आलोकचक्र पथ जोडिने मुख्य खण्डमा समेत युर्टन नहुदाँ राजमार्ग क्रसिङ्गमा झण्झट हुन्छ ।” गिरीले भन्नुभयो – “दक्षिण तर्फबाट आउने यातायातका साधानहरु उत्तर तर्फ जानको लागि करिव एक किलोमिटर पश्चिम तर्फ गएर मात्रै र्टन लिन सक्छन् ।”

डण्डा बजारमा युर्टन निर्माणको लागि निर्माण पक्षसंग वडा कार्यालय र कावासोती नगरपालिका मार्फत पत्रचार हुदाँ समेत वेवस्ता गरेको संघर्ष समितिका अध्यक्ष मदन प्रसाद अर्यालले बताउनुभयो । अहिलेको नारायणगढ बुटवल पूर्वी खण्ड अन्तर्गत कावासोती–१६ मा एकतर्फी कालोपत्रे निर्माणको काम शुरु भएको छ ।स्थानीयहरुको माग सम्बोधन नभए निर्माण कार्य रोक्न बाध्य हुने अर्यालले बताउनुभयो ।

पूर्वपश्चिम महेन्द्र राजमार्गको नारायणगढ बुटवल सडक खण्ड बिस्तारको क्रममा निर्माण हुने युर्टनको विषयमा विभिन्न स्थानका स्थानीयहरुले बिरोध गरेका छन् । यस सम्बन्धमा स्थानीय तहहरुले समेत निर्माण पक्षलाई पत्रचार गरेका छन् । तर, एसियन सडक मापदण्ड अनुसार निर्माण हुँदै गरेको सडकमा मापदण्ड विपरित युर्टन राख्न नमिल्ने ठेक्केदार कम्पनीका प्रतिनिधिहरुले बताएका छन् ।

Write your Comment