आज:  २०८० मंसिर १९, मंगलबार | Tue, 05, Dec, 2023 Search
FLASH NEWS

नवलपुरमा स्क्रब टाइफसबाट एक जनाको मृत्यु

    प्रकाशित २०८० भाद्र २५, सोमबार (२ महिना अघि)

नवलपुर । नवलपुरमा स्क्रब टाइफसबाट एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका वडा नम्बर १७ निवासी ४८ वर्षीया महिलाको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

ती महिला आइतबार त्यहाँ उपचारका लागि भर्ना भएकी थिइन् । आईसीयूमा उपचार हुँदै गर्दा उनको सोमबार मृत्यु भएको हो । मुसामा लाग्ने किर्ना जस्तो देखिने किराले टोकेपछि स्क्रब टाइफस लाग्ने गर्छ । यो रोग मान्छेबाट मान्छेमा भने सर्दैन ।

Write your Comment